काभ्रे जिल्लाको धुलिखेलर धुलिखेल नगरपालिका वडा नं ८ बडालगाउँमा रहेको विनायक बाल आधारभुत विद्यालयमा निःशुल्क दन्त तथा स्वास्थ शिविर संचालन भएको छ ।
रोटरी क्लब अफ काभ्रेको आयोजनामा, आई.सि.डि. नेपाल तथा आई. सि. डि. नेपाल हेल्थ केयर सेन्टरको प्रविधिक सहयोग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकोट जेसीजको सहयोगमा संचालन भएको शिविरबाट २ सय १५ जनाको स्वास्थय परिक्षण गरिएको छ । जसमा १ सय ७५ जनाको दांत परिक्षण, ४० जनाको सामान्य चेकजाँच, ४७ जनाको भिडियो एक्स–रे साथै निशुल्श औषधि वितरण गरिएको आई. सि. डि. नेपालका अध्यक्ष तथा रोटरी क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिए ।
उक्त अवसरमा सरस्वती माध्यामिक विद्यालय र विनायक बाल आधारभुत विद्यालयका १ सय ६० जना बालबालिकालाई स्टेशनरी तथा टिफिन बक्स प्रदान गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















