निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक गरेको अन्तिम नामावली अनुसार काभ्रेको कुल मतदाता संख्या ३ लाख ३ हजार ५ सय ६० रहेको छ ।
जसमध्य पुरुष १ लाख ५४ हजार १८३ र महिला १ लाख ४९हजार ३७५ मतदाता रहेका छन् ।
यस्तो छ मतदाता संख्या
पनौती नगरपालिका
१८ हजार ७८१ पुरुष र १९ हजार ३६४ महिला गरी ३८ हजार १४५ ।
खानीखोला गाउँपालिका
५ हजार ४४३ पुरुष र ४ हजार ६५ महिला गरी १० हजार ३०९ ।
बनेपा नगरपालिकामा
१ हजार ३४० पुरुष र १९ हजार २४१ महिला गरी ३७ हजार ५८१
धुलिखेल नगरपालिका
१२ हजार ६४५ पुरुष र १२ हजार ६३ महिला गरी २५ हजार ५० ।
पाँचखाल नगरपालिका
१४ हजार ९११ पु्रुष र १४ हजार ७८६ महिला गरी २९ हजार ६९७ ।
नमोबुद्ध नगरपालिका
१३ हजार २९२ पुरुष र १२ हजार ६६० महिला गरी २५ हजार ९५२ ।
मण्डनदेउपुर नगरपालिका
१४ हजार ६४५ पुरुष र १३ हजार ८६ महिला गरी २७ हजार ५३१
चौँरीदेउराली गाउँपालिका
१० हजार ५६७ पुरुष र ९हजार ६२४ महिला गरी २० हजार १९१ ।
तेमाल गाउँपालिका
११ हजार ३ पुरुष र १० हजार १०५ महिला गरी २१ हजार १०८ ।
बेथानचोक गाउँपालिका
७ हजार २७६ पुरुष र ७ हजार २७५ महिला गरी १४ हजार ५५१
भुम्लु गाउँपालिक
८ हजार ९४५ पुरुष र ८ हजार ७ महिला गरी १७ हजार २४ ।
महाभारत गाउँपालिका
६ हजार ५४३ पुरुष र ५ हजार ७७ महिला गरी १२ हजार ४२० ।
रोशी गाउँपालिका
११ हजार ७९२ पुरुष र १० हजार ७५१ महिला गरी २२ हजार ५४३ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















