स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा काभ्रेमा नेपाली काँग्रेस, नेकपा एमाले र विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने लहर चलेको छ । यसैबीच काभ्रेको महाभारत गाउँपालिकामा नेपाली कांग्रेसका टोल कमिटि सभापति सहित दर्जनौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा महाभारत गाउँपालिका–८ का कांग्रेसका टोल कमिटि सभापति चमार सिं ब्लोन लगायत एमाले र कांग्रेसका दर्जनौँ नेता तथा कार्यकर्ता माओवादी केन्दमा प्रवेश गरेका छन् ।

कांग्रेसबाट प्रवेश हुनेमा टोल कमिटि सभापति ब्लोन सहित विकास ब्लोन, समिर ब्लोन, मंगल सिं थिङ, कमान सिं गोले, बेनी बहादुर विक, टेकबहादुर ओले, असली मोक्तान लगायत रहेका छन् ।

त्यस्तै एमालेबाट प्रकाश थिङ, इन्द्र थिङ, नकुल जर्गा मगर, चखली विक लगायत माओवादी प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई माओवादी केन्द्र महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामा, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायतले स्वागत गरे । नवप्रवेशीहरुले महाभारतको विकास माओवादीबाट मात्रै सम्भव भएको र एमाले कांग्रेस विकासप्रमी पार्टी नभएको समेत बताए ।

स्थानीय तह बन्नु अघि तत्कालीन गाविस हुँदा यो क्षेत्रमा एमाले र कांग्रेस थिए तर उनीहरुले केही विकास नगरेको र माओवादीले ५ वर्षमा महाभारतमा नसोचेको विकास गरेकोले उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।