वालवालिकाहरुको जिम्मा लिएर शिक्षक बनेका ‘मास्टर साहेवहरु’ राजनीतिक दलको प्रशिक्षार्थी बन्न थालेपछि काभ्रेको खानीखोला गाउँपालिका बालबालिका माथि खेलवाड हनु थालेको छ । खानीखोलाल गाउँपालिका वडा नं. ३ मा रहेको भृकुटी माध्यमिक विद्यालयका ‘मास्टर साहेवहरु’ एमालेको प्रशिक्षण कार्यक्रममा गएपछि विद्यार्थी माथि हुन थालेको हो ।

विद्यालयको पोशकमै सो विद्यालयका ‘मास्टर साहेवहरु’ गंगा जर्गा, रेणुका आले र श्यामलाल बल एमालेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थी बन्न गएका हुन् । गाउँपालिका अध्यक्ष समेत रहेका एमाले नेता कृष्ण खुलालको समेत उपस्थिति रहेको सो कार्यक्रममा प्रशिक्षार्थी बन्न पुगेपछि अभिभावकहरुले आलोजना गरेका छन् ।

‘हाम्रो बच्चाहरुको भविष्य विगार्ने काम शिक्षकहरुले गरे । पढाउनुपर्ने बेलामा राजनीतिक दलको प्रशिक्षण कार्यक्रममा गएर राम्रो गरेन ।’ एक अभिभावकले भने, ‘यसरी विद्यालयको समयमा शिक्षक हिंडेपछि राम्रो हुन्छ त ? गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार मान्छेले यसरी शिक्षकलाई समावेश गर्नु विद्यार्थी माथि खेलवाड हो ।’

विद्यालय सञ्चालन भएको समयमा कार्यक्रममा कुनै जानकारी विनै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन घिसिङले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।