काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर २ स्थित नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार आज सो मिनीट्रक दुर्घट्ना भएको थियो ।

दुर्घट्नाबाट स्थानीय २५ वर्षीय युवराज दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले बताए ।

उनका अनुसार आज साँझ बजारबाट गाउँ जाने क्रममा ट्रक सडकबाट पल्टिएर दुर्घटना हुँदा दाहालको मृत्यु भएको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।