निर्माण व्यवसायी संघ, काभ्रेको अध्यक्षमा विजय लामा निर्वाचित भएका छन् । बुधबार धुलिखेलमा सम्पन्न १२ औं साधारणसभा तथा ७ औ अधिबेशनबाट लामा निर्वाचित भएका हुन् ।
निर्वाचनको क्रममा नवनिर्वाचित अध्यक्ष लामाले ३३२ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी चेतप्रसाद गौतम (रामचन्द्र)ले १०० मत प्राप्त गरेको छ ।
त्यसैगरीबरिष्ठ उपाध्यक्षमा अनिश बलले २७८ मत प्राप्त गरि विजयी भएका छन् भने उनको प्रतिस्पर्धी बिरबल लामाले १४२ मत प्राप्त गरेका छन् ।
प्रथम उपाध्यक्षमा लनाम दोङ र द्वितिय उपाध्यक्षमा अकुर गौतम निर्विरोध भएका छन् । महासचिवमा अमित लामाले ३१३ मत प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिस्पर्धी र रामेश्वर थापाले १०९ मत प्राप्त गरेका छन् ।
सचिवमा प्रद्रीप गौतम निर्विरोध भएका छन् । यसैबीच कोषाध्यक्षमा विष्णुहरि जोशीले २४१ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सानु तामाङले १६३ मत प्राप्त गरेको छ ।
सदस्यहरुमा राजेन्द्र भुर्तेल, रवित गौतम, अमृत गौतम, कान्छी गुरुङ, रोशन तिमल्सिना, सन्तोष दोङ, प्रेमबहादुर वाइबा, पाल्देन लामा, झलक लामा, सुवास लामा, सञ्जय लामा, दमैसिं लामा (डि.एस.), हिराकुमार बल, कृष्ण लामा र देवराज लामा विजयी भएका छन् ।
Comments