बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १ स्थित सिंगौल मा एक हप्ते युवा प्रतिभा पहिचान कार्यक्रम आज बाट सुरु भएकोछ । युवा प्रतिभा पहिचान कार्यक्रम वडा नम्बर १ को नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा सुरु भएको हो ।
कार्यक्रम निजगढ नगरपालिकाको वडा नम्बर १ को आर्थिक सहयोगमा सुरु गरिएको र कार्यक्रम संयोजक निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट को रहेकोछ ।
आज बाट सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेको वडा नम्बर १ को वडा अध्यक्ष मङगले लोप्चनले उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रम मा क्रियटिभ स्कील डेभलभमेन्ट को सयोजक बिष्णु प्रसाद रिसालले समेत सो बिषयमा आफ्नो धाराणा राखेका थिए । कार्यक्रमको सन्चालन सातै दिनसम्म निजगढ निबासी भाइ काजि श्रेष्ठले गरिरहने भएकोछ ।
आज उदघाटन भएको कार्यक्रमा वडा नम्बर १ को वडा सद्देश्य सोपिला गुरुङ, राधिका खडका, वडा सभापति बुद्ध लोप्चन तामाङ चलचित्रको चर्चित नायिका रोशनी ब्लोन लगायत स्थानीयको समेत उपस्थीती रहेको थियो ।
कार्यक्रममा सिंगौल वडा नम्बर १ को अधिकांस युवा युवतीले भागिता रहेको सिंगौलबाट स्थानीय बसन्त लामा ले बताएकोछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















