आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र) रोशी गाउँपालिका कमिटीले ३३५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शुक्रबार बसेको पार्टीको बैठकले इन्चार्ज नविन तामाङको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले गाउँपालिका सचिव फुर्साङ तामाङको नेतृत्वमा प्रचार प्रसार समिती निर्माण गरेको छ भने प्रदेश सल्लाहकार जे.बि. आलेको नेतृत्वमा घोषणापत्र मस्यौदा समिती समेत बनाएको छ ।

त्यसैगरी नवीन लामा, मानबिर लामा, अशोक गौतम, फुर्साङ तामाङ, कन्चन लामा गरि ५ सदस्यीय कार्यालय टिम बनाएको छ भने अन्तर पार्टी संवाद कार्यदलमा नवीन लामा, अशोक गौतम, मानबिर लामा, सुजन लामा, र युवा परिचालनमा उपाध्यक्ष कन्चन लामालाई तोकिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न ढकाल प्रमुख आतिथिको रुपमा थिए भने अतिथिहरुमा प्रदेश सचिबलाय सदस्य मिम ब. वाइबा, जिल्ला संयोजक भोला आर्यल, प्रदेश सदस्य नविन तामाङ, संघिय निर्वाचन क्षेत्र १ को संयोजक अशोक गौतम लगायतका सहभागी थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।