एकिकृत समाजवादी काभ्रेका इन्चार्ज एवं वागमती प्रदेश पशुपंछी विकास मन्त्री बसुन्धरा हुमागाईंले एमाले अध्यक्ष केपी ओली भारतको एजेन्ट भएको बताएका छन् । पार्टीको बेथानचोक गाउँपालिका वडा नं. १ को वडा भेलालाई सम्बोधन गर्दै मन्त्री हुमागाईंले उक्त कुरा बताएका हुन् ।
हुमागाईंले देश र जनताको सुख दुःखमा साथ दिदै राष्ट्र र जनतको अग्रगमनमा समर्पित हुनका निम्ति आफुहरुले एकीकृत समाजवादी पार्टीको गठन गर्नु परेको बताए । सो अवसरमा केपी ओलीको दम्भको कारण पार्टी विभाजन हुनु परेको बताउदै ओली भारतको एजेन्ट भएको र एमालेमा उनका बारे पटक पटक वहस समेत भएको खुलासा गरे ।
स्थानीय चुनावले नै जनताको भाग्यको फैसला गर्ने भएकोले गठबन्धनमा आवद्ध दलहरुले केन्द्रको निर्देशन अनुसार स्थानीय तहसम्मा कायम हुने बताउदै जुनसुकै परिस्थिति आई परे पनि प्रतिगमनका नाईकेहरुसँग भने चुनावी गठबन्धन नहुने स्प्ष्ट पारे । एमान्दार छवी भएका एमाले नेता कार्यकर्ताहरुका निम्ति आफ्नो पार्टीमा स्थान सुरक्षीत रहेको समेत बताए ।
भेलाले गणेश घिमिरेको अध्यक्षतामा एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय वडा समिती गाठन गरेको छ जसको उपाध्यक्ष मानकुमारी दाहाल सचिव शुभराज तिमल्सिना र सदस्यहरुमा क्रमशः मुक्तिनाथ दाहाल, शान्ती दाहाल, दामोदर दाहाल, राम बास्तोला, बिष्णु ढकाल, रोहित गोले र कमला तिमल्सिना रहेका छन् ।
सम्पन्न भेलामा नेकपा एकीकृत समाजवादी काभ्रेका जिल्ला समिति सदस्य प्रेम लामा, गाउँ कमिटी अध्यक्ष हरिचन्द्र लामा लगाएतको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















