काभ्रेको तेमाल गाउँपालिकामा सत्ता साझेदारी (गठबन्धन) दलहरुको बैठक सम्पन्न भएको छ । शनिबार पोखरी नारायणस्थानमा गठबन्धनको बैठक सम्पन्न भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष लालध्वज तामाङ (समिर), काँग्रेसको तर्फबाट गाउँपालिका सभापति ज्ञानबहादुर तामाङ, एकिकृत समाजवादीको तर्फबाट गाउँपालिका अध्यक्ष प्रदीप लामा र जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि स्त्रीमाया लामाको सहभागी थियो ।

बैठकले केन्द्रबाट पठाएको पत्र अनुसार आ–आफ्नो पार्टीको समर्थनमा रहेको मतदाता संख्या तत्काल केन्द्रमा पठाउने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष तामाङले जानकारी दिए । बैठकमा तेमाल गाउँपालिकामा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा छलफल नभएको बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।