स्थानीय तहको निर्वाचत नजिकिदै आएपछि काभ्रेमा नेकपा (माओवादी केन्द्र)ले चुनावी अभियानलाई तिब्र बनाइरहेको छ ।
यसैबीच माओवादी केन्द्र रोशी गाउँपालिका वडा नं. १२ मा वडा कार्यालय उद्घाटन गरेको छ । बागमती प्रदेश सदस्य एवं रोशी गाउँपालिका इन्चार्ज नवीन तामाङले एक कार्यक्रमकबा बीच कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पार्टीको रोशी गाउँपालिकाको अध्यक्ष मानबिर लामा, सचिब फुर्साङ तामाङ, कोषाध्यक्ष भोला मैनाली, वडा अध्यक्ष राम लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तामाङले स्थानिय निर्वाचन निर्वाचन मात्र नभएर यो स्थानिय सरकार निर्माण गर्ने प्रकृया पनि भएकोले जनमुखी सरकार निर्माण गर्न नेकपा माओवादीलाई विजय गराउनुको विकल्प नभएको बताए । अहिले विभिन्न चरणको आन्दोलन र जनयुद्धको बलमा ब्यबस्था परिबर्तन भए पनि जनताको जीवन स्तर परिबर्तन नभएकोले अब ब्यबस्थासँगै अबस्था परिबर्तन गरेसी मात्र जनताको जिबन स्तर परिवर्तन हुने र समाज संमृद्ध हुने भएकोले त्यो माओवादीको नेतृत्वमा मात्र संभब भएको उनको तर्क थियो ।
चन्द्र स्यङतानले सन्चालन गरेको उक्त कार्यक्रम सुकलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने पासाङ मोक्तानले स्वागत मन्तब्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















