काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ११ का नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार कुरगाउँमा आयोजना गरिएको माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार बनेका धनकुमार तामाङ सञ्जयको नेतृत्वमा दर्जनौंको संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीसँगै काँग्रेस कार्यकर्ता कुमार तामाङ, प्रकाश तामाङ, बिज्ञान तामाङ, भानु तामाङ, गोपाल तामाङ, दिनेश तामाङ, प्रेम बहादुर तामाङ, बुद्ध तामाङ, कान्छ तामाङ, मिलन तामाङ, साइली तामाङ, सोनाम तामाङ, सोनाम तामाङ, कमल लामा, दिपक लामा, एमालेबाट कमल तामाङ, सुना तामाङ, सुरेश तामाङ, पेमा तामाङ, ठुलोबाबु तामाङ, नर बहादुर तामाङ, कान्छ तामाङ, लालकाजी तामाङ, कपिन्द्र तामाङ, बाबुकाजी तामाङ लगायतका रहेका छन् । नवप्रेवेशीहरुलाई नगर इन्चार्ज नगर इन्चार्ज तथा वागमती प्रदेश कमिटी सदस्य टासी लामाले स्वागत गरेका थिए ।
कार्यक्रममा पूर्व जनमुक्ति सेनाका योद्धाहरु सुन्दर तामाङ, गुप्तनारायण तामाङ, कान्छराम तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रत्न लामा, वडा इन्चार्ज तथा युवा नेता निरेश लामाको समेत सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















