काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७ स्थित भकुण्डे बजारमा १० जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा तास खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नं. ०४ बस्ने वर्ष २५ को प्रेम बहादुर बि.क., धुलिखेल नगरपालिका वडा नं. ०६ बस्ने वर्ष ४० को बिकाश खड्का, नमोबुद्ध नगरपालिका वडा नं. ०५ बस्ने वर्ष ४० को मंगल भन्ने ईन्द्र लाल श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ४५ को ङेमा तामाङ, नमोबुद्ध नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २९ को रोहित खनाल, नमोबुद्ध नगरपालिका वडा नं. ०७ बस्ने वर्ष २८ को सुमन कुईकेल, नमोबुद्ध नगरपालिका वडा नं. ०३ बस्ने वर्ष ४२ को गणेश तिवारी, धुलिखेल नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५५ को लक्ष्मण प्रसाद थपलिया, धुलिखेल नगरपालिका वडा नं. ०६ बस्ने वर्ष ५२ को पशुपतीनाथ श्रेष्ठ र नमोबुद्ध नगरपालिका वडा नं. ०७ बस्ने वर्ष ३७ को नारायण खनाल रहेका छन् ।

उनीहरुको साथबाट १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बट्टा नखोलेको र २० बुक खोलेको तास सहित बरामत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जुवाडेहरुलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।