आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनको लागि काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ मा वडा अध्यक्षको उम्मेदवार टुंग्याएको छ । वडा अध्यक्षको उम्मेदवारमा केदार श्रेष्ठको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।
बुधबार बसेको वडाको बैठकले श्रेष्ठलाई सर्वसम्मरुपमा छनौट गरिएको रोशी गाउँपालिका इन्चार्ज नविन तामाङले जानकारी दिएका छन् ।
बैठकले भिम बहादुर तामाङको नेतृत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरेको छ भने चित्रलाल श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति बनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















