काभ्रे जिल्लाको पनौती नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सवारी साधान फिर्ता गरेका छन् । आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा नगरप्रमुख देखि सदस्यसम्मले सवारीसाधन फिर्ता गरेका हुन् ।

साथै उनीहरुले कुनैपनि सरकारी सेवा नलिने भएका छन् । मंगलबार बसेको कार्यापालिकाको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

सोही क्रममा नगर प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बञ्जाराले सरकारी गाडीको साँचो प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेललाई आजै बुझाइसकेका छन् । यो निर्णय बुधबारबाट लागू हुने नगर प्रमुख भिम न्यौपानेले बताए । नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा छोडे पनि काममा भने निरन्तरता दिने नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

निर्वाचन आयोगले पनि निर्वाचन केन्द्रित कार्यमा सरकारी सवारीसाधन प्रयोग नगर्न अनुरोध गरेएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला