आागामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनको लागि काभ्रेको चौंरीदेउराली गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको लागि ६ जना र उपाध्यक्ष पदको लागि २ जना सिफारिस भएका छन् । मंगलबार बसेको गाउँकमिटीको बैठकले यसरी सिफारिस गरेको हो ।
अध्यक्ष पदमा संविधान सभा सदस्य रेणुका चौंलागाईं देखि वर्तमान अध्यक्ष दिननाथ गौतमको नाम समेत सिफारिस भएको छ ।
अध्यक्ष पदको लागि सिफारिस हुनेहरुमा बिष्णु गौतम (अडिग), तेज पन्त, राजकुमार गौतम (आयुष), बिनोद घिसिङ समेत रहेका छन् । सिफारिस हुनेहरु मध्य घिसिङ आयुस वडा अध्यक्ष समेत हुन् ।
त्यसैगरि उपाध्यक्ष पदको लागि वर्तमान तारा कुमारी चौलागाईं (गौतम ) र निर्माला गौतमको नाम सिफारिस भएको छ ।
चौंरीदेउराली गाउँपालिकामा वर्तमान अध्यक्ष गौतम र उपाध्यक्ष चौंलागाईं नै दोहोरिने सम्भावना रहेको बुझिाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















