आगामी बैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनमा काभ्रे जिल्ला वेथान्चोक गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा तारा राना सिफारिस भएका छन् । पार्टीको गाउँकमिटीको निर्णयले रानालाई अध्यक्ष पदको उम्मेदवारमा सिफारिस गरेको हो ।

आफू सिफारिस भए लगतै रानाले वेथानचोक गाउँपालिकाको उन्नती एवं प्रगतिको खाका समेत सार्वजनिक गरेका छन् । उनका अनुसार विकास र क्रान्ति एकअर्काका परिपुरक भएकाले समाजको बारेमा भौतिकवादी ढंगले विश्लेषण गर्दै अगाडि बढ्न सकेमात्र गाउँ समाजले अग्रगमन प्राप्त गर्ने उनको ठम्याई छ ।

पद्मकन्या क्याम्पबाट प्रमिणता प्रमाणपत्र तह उतिर्ण गरि बिबिएस र एक वर्षे बिएड, महेन्द्ररत्न क्याम्पस तहाचलबाट गरि सकेपाछि राजनिती शास्त्रमा एमएसम्मको अध्ययन त्रिचन्द्र क्यामसबाट पूरा गरेकी रानाले करिब ५ वर्षको समय अध्यापन समेत गरेकी राना हाल सफल महिला सहकारीकर्मी समेत हुन् ।

यसरी आफ्नो कर्मथलो वेथान्चोक गाउँपालिकालाई राजनीति क्षेत्र समेत बनाएकी राना जनताको पिर मर्कामा आफुलाई सहभागी बनाउन पाएकोमा गौरवान्वित भएको बताउने रानाले वेथान्चोक उत्थानका निम्ति आफुले बनाएको कार्य योजना (रोडम्याप) मतदाताहरुका निम्ति सर्वजनिक समेत गरेका छन् ।

यस्तो छ समृद्ध वेथान्चोक बनाउने उनको रोड्म्यापमा ?
१. समग्र वेथान्चोक गाउँपालिका विकासको गुरु योजना सहित नमुना पालिका बनाउन हर प्रयास गर्ने ।
२. वेथान्चोकका महिलाहरुको समस्या पहिचान गरि समाधान गर्ने ।
३. शिक्षा, स्वस्थ्य, रोजगार र उत्पादन तथा बजारीकरण समेतको व्यवस्था गरि वैदेशिक रोजगारको न्यूनीकरण गर्ने ।
४. कृषि तथा पर्यटन प्रवद्र्धन विकसको पहिचान गरि ६ ओटै वडामा कार्यक्रम लागू गर्ने ।
५. गाउँपालिकामा विकासको मूल फुटाउन सहि जनशक्तिको सहि व्यवस्थापन गर्ने ।
६. वेथान्चोकको मनव विकशको सूचांकमा वृद्धि गर्ने तर्फ जोड दिने ।
७. गाउँपालिकामा ५ वर्ष भित्र उध्यमशिलता विकश कार्यक्रमबाट महिला तथा लक्षित वर्गलाई स्वरोजगार बनाई गरिवी उन्मुलन गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ।
८. सहकारीसँग साझेदारी गरि आर्थिक सामाजिक तथा साँस्कृतिक कार्यक्रमको योजना बनाई कार्यान्वयन गर्ने ।
९. ज्येष्ठ नागरिकहरुलाई सम्मानका साथै आरामस्थल प्रत्येक टोल टोलमा निर्माण एवं व्यवस्था गर्ने ।
१०. युवा लक्षित कार्यक्रम लागु गर्न कम्तिमा पनि एक घर एक यूवा रोजगार निति बनाउने ।
११. दलित कार्यक्रमलाई अझै थप सुदृढ र विशेष प्रभावकारी बनाउने ।
१२. व्यवस्थित खानेपानी र सिंचाईको व्यवस्थापन गर्ने ।
१३. आन्तरिक एवं वैह्य पर्यटन विकसको पूर्वाधार खडा गरि अगाडि बढ्ने ।
१४. गाउँपालिका भित्र पक्की सडक तथा पुलहरु प्रत्येक वडा वडा र बस्ती बस्तिमा पु¥याउने ।
१५. एक वडा एक सामुदायिक अस्पतालको व्यवस्था गर्ने ।
१६. महिला उत्थानका निम्ति १० वर्षको योजना कार्यक्रम लागू गर्ने ।
१७. प्रत्येक वडामा सामजिक मनोपरमर्श कार्यक्रम एवं पुनर्ताजिकिय स्थानको व्यवस्थपन गर्ने ।
१८. वन पैदवार, जडिबुटी संरक्षण, प्रवद्र्धन सम्बन्धी निति योजना र कार्यक्रमका साथै उद्योग व्यवस्थापन गर्ने ।
१८. सामुदायिक वनको उचित प्रवद्र्धन एवं संरक्षण गर्ने ।
१९. सामुदायिक वनको उचित प्रवद्र्धन संरक्षण तथा विकासबाट आर्थिकोपार्जन सहित आन्तरिक राजस्वमा वृद्धि गर्ने ।
२०. वेथान्चोक गाउँपालिका भित्र रहेका खोलाहरुमा सम्भब भए सम्म माछा पालन व्यवसाय पालिका मार्फत भाडामा दिई गर्न सक्ने कार्यक्रमको निति तथा योजना तर्जुमा गर्ने ।
२१. गुम्बा, डाँडाहरु लगाएत नारायणस्थानमा केबुल कार संचालन गर्ने एवं भ्यू टावर बनाउने तर्फ अध्यन गरि कार्यान्वयनमा जोड दिने ।
२२. होमस्टे तथा आलु, कफी र चिया खेतीबारे अध्यन गरि पकेट क्षेत्रको रूपमा विकस गर्ने ।
२३. दुग्ध चिस्यान केन्द्र प्रत्येक वडामा स्थपना गर्ने ।
२४. दुग्धजन्य उत्पादन उद्योग तथा व्यवस्थित डेरिको अबधारणा सहित वेथान्चोक गाउँपालिकालाई अगाडि बढाउन प्रयासरत रहने ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।