आगामी निर्वाचन बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनको लागि काभ्रे जिल्लाको तेमालमा माओवादी केन्द्र घर–घरमा पुगीरहेको छ । गठबन्धनमा उपाध्यक्ष पाएको माओवादी केन्द्रले वडाहरुमा भने मैत्रिपूर्ण प्रतिष्पर्धा गर्ने भएपछि घर–घरमा पुगेका हो ।

तेमाल गाउँपालिकामा माओवादी केन्द्रले आइतबारबाट घर–घरमा पुग्ने अभियान थालेको छ । एकै साथ सबै वडामा अभियान शुरु गरेको गाउँपालिका कमिटिका अध्यक्ष लालध्वज तामाङ (समिर)ले जानकारी दिएका छन् ।

जनताको समर्थन र सद्भव उत्साह जनक पाएको अध्यक्ष तामाङले बताए । माओवादी केन्द्रले वडा नं. १ मा उत्तमध्वज तामाङ, वडा नं. २ मा देवराज तामाङ, वडा नं. ३ मा चन्द्रध्वज तामाङ, वडा नं. ४ मा युद्ध लामा। वडा नं. ५ मा हजारसिं तामाङ, वडा नं. ६ मा प्रेमबहादुर तामाङ, वडा नं. ७ मा चक्र तामाङ, वडा नं. ८ मा लक्ष्मीबहादुर घिसिङ र वडा नं. ९ मा चन्द्रबहादुर लामाको नेतृत्वमा निर्वाचनमा होमिएको छ ।

गाउँपालिकामा भने माओवादी केन्द्रले पार्टीको प्रदेश कमिटी सदस्य दलमान थोकरलाई उपाध्यक्षमा उभ्याएको छ । काँग्रेसबाट भने चन्द्रबहादुर लामालाई उभ्याएको छ । आइतबारबाटै गठबन्धनले पनि अभियान सञ्चालन गरेको छ ।

Comments

comments