काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष डि.बी. लामाले आफ्नो कार्यकाल सकिनु अघि नै अध्यक्ष पदबाट राजिनामा दिएका छन् । गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष लामाले उपाध्यक्ष लक्ष्मी बर्तौला समक्ष गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा सहित पालिकाका कर्मचारी, जनप्रतिनिधि, स्थानीयबासीको उपस्थितीमा उनले राजिनामा दिएका थिए ।

आफ्नो कार्यकालमा कार्य सम्पादनहरु उत्कृष्ट भएको दावी गर्दै सहयोगर्ने सबैलाई धन्यवाद समेत दिए । ‘पाँच वर्षको समय अवधिमा जनताको साथ र सहयोगकै कारण पालिकाबाट कार्य सम्पादनहरु उत्कृष्ट भए ।’ उनले भने, ‘जनताले दिएको साथ र सहयोगलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । भोलीको दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु ।’

लामाले वैशाख ११ गते नै नेपाली काँग्रेसबाट राजिनामा दिएको र अब कुनै पनि पार्टीमा नरहने समेत घोषणा गरेका छन् ।

Comments

comments