काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४ मा माओवादी केन्द्रका उम्मेदवार निशान मोक्तान विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार क्षेत्रबहादुर वाईबालाई परास्त गर्दै मोक्तान विजयी भएका हुन् ।

माओवादी केन्द्र खानीखोला गाउँपालिकाको युवा नेता समेत रहेको मोक्तानले ४ सय ८ मत ल्याई विजयी भएका थिए । त्यसैगरि उनको प्रतिद्वन्द्वी वाइबाले ३ सय ६४ मत प्राप्त गरेको थियो ।

यस अघि वडा नंं १ मा माओवादी केन्द्रबाटै सन्तमान थिङ, वडा नं. २ मा नेपाली काँग्रेसबाट दशरथ लामा र वडा नं. ३ मा माओवादी केन्द्रबाट सागर जिम्बा विजयी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।