काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ मा नेपाली काँग्रेसका विष्णुबहादुर तामाङ विजयी भएका छन् । एक कार्यकाल वडा अध्यक्ष बनेका तामाङ दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

तामाङले ३ सय १७ मत ल्याइ विजयी भएको थियो । उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पर्शुराम पन्तले १ सय ७२, माओवादी केन्द्रका चन्द्रध्वज तामाङले १ सय ६४ मत र एमालेका नेत्रबहादुर तामाङले ७२ मत प्राप्त गरेका छन् ।

तेमाल गाउँपालिकामा काँग्रेसको यो पहिलो जीत हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।