काभ्रेको भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । आज सम्पन्न मतगणनाबाट उनीहरु विजयी भएका छन् ।
विजयी हुनेहरुमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर भुजेल र नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार दावा लामा रहेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेम लामा र उपाध्यक्ष पदका उम्मेदवार कल्पना श्रेष्ठलाई पराजीत गरि भुजेल र लामा विजयी बनेका हुन् ।
विजयी हुने वित्तिकै एमालेका अध्यक्ष पदका उम्मेदवार लामाले विजयी दुवैलाई बधाई दिएका थिए । खदा लगाउँदै उनले कार्यकाल सफलताको समेत शुभकामना दिएका थिए ।
कसले कति मत पाए ?
अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम भुजेल ५७९२ (बिजयी)
उपाध्यक्षमा नेपाली कंग्रेसका जितेन्द्रमान तमाङ्ग (दावा लामा) ६०९८ (बिजयी)
एमालेका अध्यक्ष प्रेम लामा ४५६८
उपाध्यक्ष कल्पना श्रेष्ठ ४०२९
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















