काभ्रेको भुम्लु गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । १० वटा वडा रहेको उक्त गाउँपालिकामा मतगणना आज सम्पन्न भएको हो ।
यस गाउँपालिकामा ५ दलिय गठबन्धन अन्तर्गत अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल (बृहत) र उपाध्यक्षमा नेपाली काँग्रेसका जितेन्द्र मान तमाङ्ग (दावा) भारी मतले बिजयी भएका छन्
कुन वडामा कसले जिते ?
वडा नं. १ सापिङः लेख्नाथ श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं. २ सिम्थलीः सुजन भन्डारी (काँग्रेस)
वडा नं. ३ बेखसिम्लेः ज्ञानु लामा (एमाले)
वडा नं. ४ चौबासः लोक बहादुर कुवर (एमाले)
वडा नं. ५ सल्लेः अन्चल लामा (काँग्रेस)
वडा नं. ६ कोलातीः भरत शिबभक्ती (एमाले)
वडा नं. ७ फलाँटेः रमेश खरेल (एमाले)
वडा नं. ८ भुम्लुटारः मोतिलाल लामा (एकीकृत समाजवादी)
वडा नं. ९ ज्याम्दीः दलबहादुर तामाङ (काँग्रेस)
वडा नं. १० दोलालघाटः केशरमान तामाङ (एमाले)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















