काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबा विजयी भएका छन् । माओवादी केन्द्रका युवा नेता समेत रहेको वाईबालाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठेका वाइबाले सबै पार्टीलाई पछाडि पार्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

वाईबाले ४ सय ७२ मत प्राप्त गरि विजयी भएका हुन् भने उनको निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर लामाले ४ सय २५ मत ल्याएको छ । त्यसैगरी एमालेका उम्मेदवार पाल्चेन लामाले ४ सय १७ र माओवादी केन्द्रको छविलाल रुम्बाले ३ सय ५१ मत ल्याइ चौथो स्थानमा पुगेको छ ।

टिकट बाँडफाडको क्रममा आफूले टिकट नपाएपछि पार्टीबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवार बनेका वाइबा जनप्रिय नेताको रुपमा परिचित छ ।

उनीसँगै स्वतन्त्र उठेका केशव लामा र सञ्जय लामा पनि वडा सदस्यमा निर्वाचित भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।