काभ्रे जिल्लाको बनेपा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । आफूहरुसँग कुनै सल्लाह नै नगरि शपथ ग्रहण कार्यक्रम आयोजना गरेकोले बहिष्कार गरेको एमालेले जनाएको छ ।
एमालेबाट उपमेयरमा निर्वाचित भएकी विमला सापकोटा दाहालले नगरको ठूलो दलको रुपमा आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरिएकाले बहिष्कार गरेको बताएपनि एमालेबाटै निर्वाचित एक जनप्रतिनिधिका अनुसार बनेपाका पूर्व मेयर लक्ष्मी नरसिंह बादे सो कार्यक्रममा उपस्थित भएको कारण सपथ ग्रहण कार्यक्रममा बहिष्कार गरिएको बताएका छन् ।
निर्वाचनको मुखमा एमाले छाडेका पूर्व मेयर लक्ष्मीनरसिं बादेको उपस्थिति रहेका कारण सपथ ग्रहण बहिष्कार गरिएको बताउँदै उनले बादे उपस्थित रहेको सपथ ग्रहण कार्यक्रममा एमालेबाट निर्वाचित एकजना पनि जनप्रतिनिधि सहभागी नहुने बताए ।
एमालेका नगर अध्यक्ष अध्यक्ष रत्नकुश रञ्जितकारले आज एक प्रेस वक्तब्य जारी गर्दै सपथ ग्रहण कार्यक्रममा सहभागी नहुन आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।
पूर्वमेयर बादे स्थानीय तहको निर्वाचनमा एमालेले दोस्रो कार्यकालको लागि मेयरको टिकट नदिएसँगै पूर्वमन्त्री तथा एमाले काभ्रेका इन्चार्ज गोकुल बास्कोटासँग असन्तुष्ट बनी साधारण सदस्यसमेत नरहने गरी आफूसहित परिवारका सबैले एमाले परित्याग गरेका थिए ।
यस्तो छ बक्तव्य

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















