काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका निवर्तमान अध्यक्ष दिननाथ गौतमले चौंरीदेउरालीबासी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् । माओवादी केन्द्रको प्रभावशाली नेता समेत रहेका गौतमले आफू र आफ्नो पार्टीलाई फेरि विश्वास गरेकोमा आफू धेरै खुशी भएको बताएका छन् ।
आफ्नो नेतृत्वमा चौंरीदेउराली गाउँपालिकामा जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी आफूहरुको क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गरेको बताउँदै मुल्यांकन गर्ने जिम्मा जनता र इतिहासलाई सुम्पेको बताए ।
‘मैले बोकेको बिचार र आदर्श, सहीदहरूले देखाएको मार्गदर्शन र अधिकांश जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी हामीले हाम्रो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गर्यौं, यसको मूल्यांकन गर्ने जि़म्मा तपाईहरू सम्पूणर् र इतिहासलाई नै सुम्पन चहान्छु ।’ सामाजिक सञ्जल फेसबुकमा आफ्नो भनाई सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘यस बीचमा मलाई सहयोग गर्ने मेरो पार्टी नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता, उपाध्यक्ष लगाएतका वडाध्यक्ष एवं सम्पूणर् जनप्रतिनिधिहरू, अन्य राजनैतिक दलका मित्र, नागरिक समाज, युवा, बिभिन्न सरकारी ग़ैरसरकारी संस्था, कर्मचारी, पेशा व्यवसायी लगाएतका सम्पूणर् जनसमुदायप्रति आभार व्यक्त गर्दछु ।’
फेसबुमा उनले लेखेका छन्ः
मेरा सम्पूर्ण प्रियजनहरू,
आज भन्दा ठीक ५ वर्ष अघि स्थानीय तहको पहिलो निर्वाचनबाट म लगाएतको मेरो समूहलाई अत्यधिक बहुमतसहित चौंरीदेउराली गाउँपालिकाको नेतृत्व सम्पनुभएको थियो ।
मैले बोकेको बिचार र आदर्श, सहीदहरूले देखाएको मार्गदर्शन र अधिकांश जनताको माग र आवश्यकतालाई केन्द्रमा राखी हामीले हाम्रो क्षमताले भ्याएसम्म राम्रो गर्ने कोशिस गर्यौं, यसको मूल्यांकन गर्ने जि़म्मा तपाईहरू सम्पूणर् र इतिहासलाई नै सुम्पन चहान्छु ।
यस बीचमा मलाई सहयोग गर्ने मेरो पार्टी नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता, उपाध्यक्ष लगाएतका वडाध्यक्ष एवं सम्पूणर् जनप्रतिनिधिहरू, अन्य राजनैतिक दलका मित्र, नागरिक समाज, युवा, बिभिन्न सरकारी ग़ैरसरकारी संस्था, कर्मचारी, पेशा व्यवसायी लगाएतका सम्पूणर् जनसमुदायप्रति आभार व्यक्त गर्दछु । काम गर्दा जानेर वा नजानेर केही भूलचूक वा खस्रो मसीनो भएमा सबैमा विनम्रतापूर्वक क्षमा याचना गर्दछु ।
अन्तमा, म सहितको सक्रिय सहभागिता र जनताको अमूल्य जनमतबाट हाम्रो नै राजनीतिक बिचार समूहबाटै यस गाउँपालिकामा नयाँ नेतृत्व स्थापित गरि बिदा हुने स्वणर् अबसर प्रदान गर्नुभएकोमा सम्पूणर् जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दै रेणुका चौंलागाईंको नेतृत्वमा रहेको सम्पूणर् जनप्रतिनिधिलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मेरो बाँकी जीवन पनि समाज रूपान्तरणको अभियानमा सहीदहरूले देखाएको बाटोमा निरन्तर जनताको बीचमा नै रहने बिश्वास दिलाउन चहान्छु ।
दिननाथ गौतम
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















