काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले पदभार ग्रहण गरेसँगै ४ निणर्य गरेका छन् । अध्यक्ष चौंलागाईंले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बन्धी ४ निणर्य गरेका हुन् ।
यी हुन् पदभार ग्रहणसँगै गरेका ४ निर्णय:
१. ज्येष्ठ नागरिकहरूलाई गाउँपालिका हस्पिटलमा निःशुल्क उपचार गर्ने, गाउँगाउँ टोलटोलमा स्वास्थ्य शिविरहरु संचालन गर्ने । रोग उन्मूलन, स्वस्थ स्वास्थ्यमा जोड दिने ।
२. प्राविधिक शिक्षाको प्रभावकारितालाई जोड दिने, प्राविधिक शिक्षा अध्ययन गर्नेलाई विशेष सहुलियत दिने, एवं छात्रवृत्तिको व्यवस्था गर्ने ।
३. गाउँपालिका अध्यक्षसँग प्रत्यक्ष जनगुनासो कार्यक्रम राख्ने र जनतासँग प्रत्यक्ष जोडिने ।
४. उत्कृष्ट कृषि र पशुपालन व्यवसाय गर्नेलाई पुरस्कृत, प्रोत्साहन र सहयोग गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















