काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खरेलले पदभार ग्रहण गरेका छन् । नगरप्रमुख खरेलले पदभार ग्रहणसँगै पालिका भित्र रहेका अपाङ्गता भएका नगरवासीहरुलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने निर्णय गरेको छ ।

नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीहरुको लागि स्वास्थ्य विमाको ब्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।

पाँचखाल नगरपालिकामा ‘क’ बर्गका १ सय १० जना, ‘ख’ बर्गका १ सय ९१ जना, ‘ग’ बर्गाका १ सय ९ जना तथा ‘घ’ बर्गका ४८ जना गरि ४ सय ५८ जना अपाङ्गता भएका नगरवासी छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।