जनपक्षिय पत्रकारीता गर्दागर्दै साहदत प्राप्त गरेको महान सहिद कृष्ण सेन (इच्छुक)को २० औं स्मृति दिवस काभ्रेमा सम्पन्न भएको छ । प्रेस सेन्टर, काभ्रे शाखाको आयोजनामा शुक्रबार बनेपा स्थित कार्यालयमा सम्पन्न भएको हो ।

सो अवसरमा सहिद सेनको फोटोमा मल्यार्पण गरेर श्रद्धाञ्जली दिएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, विशेष अथिती माओवादी केन्द्र जिल्ला समन्वय समिती संयोजक भोला आर्याल, नेपाल पत्रकार महासघ काभ्रे शाखा अध्यक्ष बद्री राज तिमल्सिना, प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष भुवन राइमाझी, फोनिज अध्यक्ष इन्द्र बहादुर थापा, फोटो पत्रकार बागमती प्रदेश अध्यक्ष केशवराज पौडेल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सचित सन्तोष दाहाललगायत पत्रकार हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षमा तथा जिल्ला सचिब शिव पन्तले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।