काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आइतबार पनि सेवा प्रवाह हुने जनाएको छ । गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले एक सूचना जारी गर्दै आइबार सबै प्रकारका कार्यालयहरुबाट सेवा प्रवाह हुने जनाएका हुन् ।

‘नेपाल सरकारले परिक्षणको रुपमा संवत् २०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई (२) दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने गरी सूचना प्रकाशित गरेको सन्दर्भमा यस गाउँपालिकामा सञ्चालित सरकारी, गैरसरकारी, बैंक तथा वित्तिय संस्थाहरुको नियमित सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि आइतबार समेत उल्लिखित संस्थाहरुबाट सेवाहरु सञ्चालनमा रहने सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।’ अध्यक्ष चौंलागाईंद्वारा जारी सूचनामा भनिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।