भक्तपुर जिल्लाबाट हराएको मोटरसाइकल काभ्रेमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार फेला परेको उक्त मोटरसाइकल सम्बन्धीत धनीलाई हस्तान्तरण गरिएको छ ।
जेठ ११ गते राती भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं १ मा घर अगाडी पार्किङ गरी राखेको बा ९३ प ४९८८ नम्बरको मोटरसाईकल चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अुनसार मोटरसाईकल चोरीभएपछि खोजतलास गरी पाउँ भनि मोटरसाईकल धनी अनिष हयाजुले निवेदन पेश गरेकोमा उक्त नम्बरको मोटरसाईकल खोजतलास गर्ने गराउने क्रममा बिहिबार राती काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४ साँगा स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी चेकजाँचमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले फेला पारेको थियो ।
सवारी साधानहरु चेक जाँच गर्ने क्रममा प्रहरीको चेकिङ टोलीलाई देख्नसाथ मोटरसाईकल छाडी भागेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















