नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समिति काभ्रेले आफ्नो पार्टीबाट स्थानीय तहको निर्वाचनमा–२०७९ मा जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई दिएको छ । शनिबार धुलिखेलमा एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरेको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बर्षमान पुन (अनन्त)को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जिल्लाका १३ स्थानीय तहमध्ये चार वटा प्रमुख, चार उपप्रमुखसँगै २५ जना बडाअध्यक्षमा र १२१ जना वडा सदस्यहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सुर्यमान दोङ लालध्वज, केन्द्रिय सदस्यहरु रुकु चौंलागाईं, तेजबहादुर मिजार, पार्टीको वागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्य भरत लामिछाने लगायतका सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति सचिव दैवलाल घिसिङले गरेका थिए भने अध्यक्षता पार्टी जिल्ला संयोजक भोला अर्यालले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















