पोखराबाट मुस्ताङको लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।

विमानको खोजी हेलिकोप्टर परिचालन गरिएको छ। विमानमा चालक दलका सदस्यसहित २२ यात्रु सवार रहेको पाइएको छ । जसमा दुई जना जर्मनी नागरिक छन् । जर्मन नागरिक वई विल्लनर र माइक ग्रिटग्राफ जहाजमा सवार थिए ।

यस्तै, रितिका त्रिपाठी, धनुष त्रिपाठी, अशोककुमार त्रिपाठी, तुलसादेवी तामाङ, सुकुमाया तामाङ, राममाया तामाङ, मकरबहादुर तामाङ, प्रकाश सुनुवार, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ, गणेश नारायण श्रेष्ठ, वसन्त लामा, इन्द्रबहादुर गोले, पुरुसोत्तम गोले, रामकुमार गोले, रबिना श्रेष्ठ सवार थिए ।

यीमध्ये चार जना भारतीय नागरिक हुन् । जहाज क्याप्टेन प्रभाकर घिमिरले उडाएका थिए । चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र किस्मी थापा थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।