काभ्रे जिल्लामा बैंकीङ कसुर मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ भएको छ । उच्च अदालत पाटन ललितपुरबाट कसूर ठहर गरी फैसला पश्चात फरार रहेकोमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला पहरी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा चौंरीदेउराली गाउँपालिका वडा नं. १ की मिष्ठु लामा रहेका छन् । उनलाई २०७७ साल मंसिर २९ गते उच्च अदालत पाटन ललितपुरले बैंकीङ कसुर मुद्दा अन्तर्गत ४ लाख जरिवाना, पिडित राहतकोषमा १ लाख ६० हजार जम्मा गर्न र ४ दिन कैद फैसला गरेको थियो । सोही दिन देखि फरार रहेको लामालाई मंगलबार अध्यागमन कार्यालय त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल, गौचर काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैदेशिक रोजगारको सिलशिलामा बिदेश रहेकी लामा कतार एयरलाइन्स फ्लाइट नं. ०६४८ बाट त्रि.अ.वि. मा अवतरण हुनसाथ प्रहरीले पक्राउ गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















