काभ्रे जिल्लामा मापदण्ड विपरित पशु ढुवानी गर्ने गाडी सहित पक्राउ गरेको छ । जिल्ला प्रहारी कार्यालय, काभ्रेका अनुसार पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका वडा नं ०५ सलौली बस्ने बर्ष ३४ को सन्देश सुवेदी रहेका छन् ।

मंगलबार दिउँसो ४ बजेको समयमा धुलिखेल नगरपालिका वडा नं ९ काभ्रेभञ्ज्याङ स्थित बि.पी. राजमार्ग सडक खण्डमा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘पशु ढुवानी मापदण्ड–२०६४’ बमोजिम आवश्यक मापदण्ड पुरा नगरी नियम विपरित क्रुर तथा निर्दयी किसिमबाट गाडीको क्षमता भन्दा बढी लोड गरी खोटाङतर्फ लैजादै गरेको अवस्थामा फेला पारी कानून बमोजिम नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पछि बा १५ च ३९२६ नं. को टाटा बोलेरे गाडीमा रहेको गाईको ४ बाच्छा र ४ बाच्छी सहित कारवाहीको लागि पशु सेवा कार्यालय धुलिखेल काभ्रेपालञ्चोकमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















