काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको कार्यपालिका सदस्य पदको लागि निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनबाट काँग्रेस-माओवादी केन्द्र सम्मीलित गठबन्धनले उठाएको सदस्यहरु निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा चन्डिका भुजेल दमाई वडा नं. ७ काँग्रेस, अन्जु बिश्वकर्मा वडा नं. ८ कांग्रेस, छ्योइसाङ तामाङ वडा नं. २ माओवादी केन्द्र, मोहन माया सुनार वडा नं. ५ माओवादी केन्द्र, सुसिला माझि वडा नं. ३ कांग्रेस, केशब रसाइली वडा नं. ६ माओवादी केन्द्र रहेका छन ।
एमालेले भने ५ जना उम्मेदवारी दिएको थियो । गाउँपालिकामा ४६ मत मध्य माओवादी केन्द्रको १७, कंग्रेसको १६ र एमालेको १३ मत रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















