स्थानीय तहको निर्वाचनपछि काभ्रेको तेमाल गाउँपालिकाको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा भएको पहिलो बैठकले विभिन्न विषयमा छलफल गरि निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष तामाङका अनुसार शैयाको अस्पताल निर्माणको लागि पुनः सिफारिस गरि निर्माण कार्य समेत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसैगरि ६० वर्ष पुगेका नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने र नारायणस्थान क्षेत्रमा मोवाइल नेटवर्कको निक्कै समस्या भएको कुरालाई दृष्टिगत गरि एनटीसीको टावर स्थापना गर्न पहल गर्ने निर्णय भएको उनले बताए ।
बैठकले ५ वटा विषयगत समिति समेत गठन गरिएको थाहा भएको छ । जसमा आर्थिक किास समितिको संयोजकमा वडा नं. ५ का वडा अध्यक्ष हजार सिं तामाङ, सामाजिक विकास समिति संयोजकमा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङ, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं. २ को वडा अध्यक्ष देवराज तामाङ, वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकमा वडा नं. ३ का वडा अध्यक्ष विष्णु लामा, सुशासन समितिको संयोजकमा वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















