काभ्रे । बागमती प्रदेशका कृयाशिल पत्रकारहरुलाई संचार माध्यममा युवाका मुद्धा विषयक दुई दिने अनुशिक्षण कार्यक्रम विहिबार धुलिखेलमा सम्पन्न भएको छ । हिजो बुधबारदेखि सुरु भएको कार्यक्रम प्रदेश युवा परिषद बागमती प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ बाग्मति प्रदेश समितिको संयोजनमा भएको हो । वाग्मती प्रदेशका १३ वटै जिल्लाका २६ जना कृयाशिल पत्रकारहरुलाई शिक्षण गराइएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पुर्व भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सभा सदस्य चन्द्र लामाले विभिन्न क्षेत्रमा रहेका युवाहरुलाई लक्षित नीति युवा परिषदले बनाउदै आएको उल्लेख गरे । उनले युवा सशक्तीकरण सबैको दायित्व रहेको वताए । युवा सशक्तीकरण गर्न राज्यका तिनै तहका सरकारको तर्फ बाट सम्बोधन हुनुपर्ने कुरामा जोड दिए।

कार्यक्रममा वाग्मती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले युवा परिषदको कार्यक्रम र यसले सामाजिक र युवाको ससक्तिकरणमा युवा परिषदले खेल्न खोजेको भूमिकाका बारेमा सहभागीलाई जानकारी गराएका थिए भने मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार रामजी दाहालले संचार माध्यममा युवाका मुद्धा, फिचर लेखन, बारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्दीय सदस्य सुनिल खड्का, धुव्र रावल, प्रेस सेन्टर नेपालका बागमती अध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, रमा दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । सहभागीहरुबाट अपेक्षा चौधरी र रविन्द्र गौतमले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभाध्यक्ष नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले गरेका थिए । भने  स्वागत मन्तब्य बाग्मती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेलले राखेका थिए त्यस्तै कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश महासचिब कृष्ण सारु मगरले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य पेमा लामा, अन्जु तामाङ, सम्झना हुमागाई, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला लगायतको उपस्थिती थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।