काभ्रे जिल्लाको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले कृषि क्षेत्रमा परिवर्तन ल्याउनको लागि किसानहरुलाई सहयोग गर्ने बताएका छन् । बिहिबार युएसएड को आर्थिक सहयोग र एफएचआई ३६० तथा दायित्व नेपालको सहकार्यमा रोशी सरकारसँग किसान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोशी सरकारले कृषि क्षेत्रको बिकासको लागि किसानलाई सिप, प्रबिधि र इच्छा शक्ति दिन अबको आवश्यता रहेको बताएका छन् ।
दायित्व नेपाल मार्फत पालिकामा कृषि क्षेत्रमा भएका राम्रा कामहरुको बारेमा गरिएको जनप्रशासन फेलोसिपले आगामी दिनमा स्थानीय सरकारले बनाउने निति तथा कार्यक्रम बनाउनको लागि सहजिकरण गर्न सहयोग पुग्ने बताए । यो किसानको सबैखाले आवश्यक रहेको समयमा बिउ देखि मलसम्म सहज बनाउनको लागि केन्द्र सरकारले सहज बनाउनु पर्ने बताउँदै पालिका अध्यक्ष लामाले पालिकाले कृषि पशुपालन क्षेत्रको लागि काम गरिने बताएका छन् ।
पालिका कृषि तथा पशुपंन्क्षी शाखा प्रमुख रघुनी शाहाले कृषि क्षेत्रमा पालिकाले बिषेशरुपमा बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताएका छन् । शाखाले किसानहरुको हितमा पशु बिमा, बाली बिमा कार्यक्रम संगै बिभिन्न समस्यहरुमा वडा तहमा खटिदै आएका प्राबिधिकहरुले सेवा दिदै आएको बताएका छन् ।
छलफल कार्यक्रममा सामुदायिक सारथी नेपालका जिल्ला संयोजक भेषराज दनुवारले बिगत ५ बर्ष देखि रोशी सरकारसँग नजिक रहेर बिभिन्न कार्यक्रमहरु संचालन गरिदै आएको बताएका छन् । बिगतमा पालिकामा कृषि, पशु पंन्छी, स्वास्थ्य र विपदको क्षेत्रमा छलफल र सहजीकरण गरिदै आएको बताएका छन् । स्थानीय सरकारहरुले बनाउने नीतिगत कानुनहरुमा समेत सस्थाले प्राबिधिक सहयोग गरिदै आएको बताएका छन् । छलफलमा किसानहरुले पालिकाले गरिदै आएका पशु बिमाको दायरा बढाउनु पर्ने बिषय उठाएका थियो । किसनहरुको रैथाने बाली बिउ बिजन, चाहिने समयमा मल किसानको घर घरमा पुग्ने बातावरण हुनुपर्ने बिषय उठान भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















