बैंकिङ कसुरमा फरार रहेका काभ्रे जिल्ला एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–५ घर भई काठमाडौं महाराजगञ्ज बस्ने ५६ वर्षका अनिल मोक्तान रहेका छन् ।
उनलाई महाराजगञ्जबाट शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीविरुद्ध विदुर पौडेल, प्रदिप बास्कोटा, दिपकबहादुर अधिकारी र बालकृष्ण थापा मगरले छुट्टाछुट्टै ४ वटा जाहेरी दिएका थिए ।
सोही बैंकिङ कसुर मुद्दामा मोक्तानलाई उच्च अदालत पाटनले ११ लाख ५० हजार रूपैयाँ भराई बिगो जरिवाना र ७ दिन कैद तोकेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















