अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरी चरित्र हत्या गरेको आरोपमा काभ्रेका एक युवालाई पक्रा गरिएको छ । प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा विकेशलाई धुलिखेल नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले टोलिले सोजुँ पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।