पालिका स्तरसम्म गठबन्धन गरेका सत्ताधारी दलहरुले जिल्ला समन्वय समिति, काभ्रेको निर्वाचनमा पनि गठबन्धन गरेको छ । असार १ गते हुन गइरहेको निर्वाचनमा गठबन्धन दलहरु र नेकपा (एमाले) बीच प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच जिल्ला स्तरमा सहमति भएपछि गठबन्धन कायम भएको छ ।
यस्तो छ पद बाँडफाँड
प्रदेश स्तरीय सहमति अनुसार काभ्रेमा एकीकृत समाजवादीले प्रमुख पाएको छ । माओवादी केन्द्रलाई उपप्रमुख दिने सहमति भएपनि नेपाली काँग्रेसले नमानेपछि काँग्रेसले उपप्रमुख सहित ५ सदस्य र माओवादी केन्द्रले ३ सदस्य पाउने गरि सहमति भएको छ ।
यी हुन् गठबन्धनका उम्मेदवारहरु
गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका जिल्ला सचिव दिपक कुमार गौतम, उपप्रमुखमा कांग्रेसका नेता रिमबहादुर तामाङ र सदस्यमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यी हुन् गठबन्धनसँग प्रतिस्पर्धा गर्ने एमाले टीम
एमालेले भने प्रमुख पदमा कमला भट्टराई र उपप्रमुखमा राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । सदस्य पदका उम्मेदवारमा प्रमिला विक कामी, रोजिना तामाङ, रुपा प्याकुरेल धिताल, मन मिजार, गोपिबहादुर श्रेष्ठ, सागर मानन्धर र प्रकाश बञ्जारा रहेका छन् ।
गठबन्धनले जित्ने पक्का
काभ्रेमा १३ स्थानीय तह रहेको छ । जसमा मतदाता संख्या २६ गरेको छ । ती मध्य नेपाली काँग्रेसको मत १३, माओवादी केन्द्रको मत ८ र एकीकृत समाजवादीको मत १ रहेको छ । सबै जोड्दा २२ मत रहेको छ । यो मत संख्या गठबन्धनसँग भएकोले गठबन्धनले जित्ने पक्का भएको छ ।
यता एमालेसँग भने जम्मा ४ मत रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















