खेतीको मुख्य समय हो यतिखेर । मल नपाएर खेती नै विग्रिने डरमा किसानहरु रहेका छन् । सरकारले मलको व्यवस्था गर्न नसक्दा उत्पादन घट्ने र अनिकाल समेत निम्तिने अवस्थाको अनुमान गर्न थालेको छ ।

केन्द्र सरकारले उत्पादन बढाउने र आयात घटाउने लक्ष्यका साथ बजेट व्यवस्था गरिरहेको बेला मल अभावले यो लक्ष्यालाई गिज्याइरहेको छ ।

काभ्रेमा कृषि सामग्री कम्पनी लिमिटेडले धुलिखेल शाखाले जिल्लाका विभिन्न पालिकालाई रसायनिक मल वितरण गर्ने सूचना जारी गरेको छ । शाखाले पालिका अनुसार कोटा बाँडफाँड गरेको छ । शाखाले जिल्लाको ६ वटा नगरपालिकालाई प्रति डिलर ८ बोरा युरिया र ५ बोरा डिएपी मल बाँडफाँड गरेको छ ।

पाँचखाल नगरपालिकामा सबैभन्दा बढी ३४ वटा मल वितरण गर्ने डिलर छन् । पाँचखालका लागि २७२ बोरा युरिया र १७० बोरा डिएपी मल पठाइएको छ ।

बनेपामा ३२ वटा डिलर छन् । बनेपाले २५६ बोरा युरिया र १६० डिएपी मल पाएको छ । पनौतीमा ३१ वटा डिलर छन् । पनौतीले २४८ बोरा युरिया र १५५ बोरा डिएपी मल पाएको छ ।

मण्डनदेउपुर नगरपालिकामा ३० वटा डिलर छन । जहाँ २४० बोरा युरिया र १५० डिएपी मल पठाइनेछ । नमोबुद्ध नगरपालिकामा २२ वटा डिलर छन । नमोबुद्ध नगरपालिकाले १७६ बोरा युरिया र ११० बोरा डिएपी मल पाउनेछ । धुलिखेल नगरपालिकामा २२ वटा डिलर छन । जसले १६८ बोरा युरिया र १०५ बोरा डिएपी मल पाउनेछ ।

जिल्लाको ७ वटा गाउँपालिका मध्ये तेमाल र रोशीलाई गाउँपालिकालाई १० बोरा युरिया र ५ बोरा डिएपी मल बाँडफाँड गरिएको छ । तेमाल गाउँपालिकामा १९ वटा डिलर रहेका छन । तेमालले १९० बोरा युरिया र ९५ बोरा डिएपी मल पाउनेछ । रोशीले १३० बोरा युरिया र ६५ बोरा डिएपी मल पाउनेछ ।

चौरीदेउराली गाउँपालिकामा ११ वटा डिलर छन । १५ बोराको दरले युरिया १६५ बोरा र ५ बोरा डिएपीका दर प्रतिडिलर ५५ बोरा मल पाउनेछ । भुम्लु गाउँपालिकामा ८ वटा डिलर रहेका छन । १२० बोरा युरिया र ४० बोरा डिएपी मल पाउनेछ ।

बेथानचोक गाउँपालिकामा ५ वटा डिलर छन । ७५ बोरा युरिया र २५ बोरा डिएपी मल पाउनेछ । महाभारत गाउँपालिकामा ५ वटा डिलर छ । ७५ बोरा युरिया र २५ बोरा डिएपी मल पाउनेछ । खानीखोला गाउँपालिकामा २ वटा डिलर छ । खानीखोलााको प्रतिडिलर २० बोराको दर ४० बोरा युरिया र ५ बोरा डिएपीको दर १० बोरा पाउनेछ ।

कृषि सामग्री कम्पनी धुलिखेलले सिन्धुपाल्चोकको १२ वटा गाउँपालिकामा रहेका १३० वटा डिलरलाई मतको कोटा तोकेको छ । त्यस्तै दोलखाको ३ वटा र रामेछाप जिल्लाको ८ वटा डिलर गरी चार जिल्लाको ३७४ वडा डिलरलाई कोटा तोकेको छ । जस अनुसार चार जिल्लाका लागि ३ हजार ७७१ बोरा युरिया र १ हजार ८७० बोरा डिएपी मल कम्पनीले पठाउनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।