जिल्ला समन्वय समिति काभ्रेको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा गठबन्धन तर्फका उम्मेदवारहरु विजयी भएका छन् ।

बुधबार भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का दिपककुमार गौतम प्रमुख पदमा र नेपाली काँग्रेसका रिमबहादुर तामाङ उपप्रमुखमा निर्वाचित भएका छन् । एमालेबाट प्रमुख पदका प्रत्यासी कमला भट्टराई र उपप्रमुख राजेन्द्र केसी थिए ।

सदस्य पदमा कांग्रेसबाट मंगलबहादुर तामाङ, निरबहादुर लामा, चण्डिका मिजार र अप्सरा सिपखान, माओवादी केन्द्रबाट कमलराज गिरी, कृष्णकुमारी राई र रस्मिता भण्डारी विजयी भएका छन् ।

काभ्रेका १३ तहमा २६ पदमध्ये कांग्रेस १३, माओवादी केन्द्र ८, एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए । यस अघि नौ सदस्यीय समितिमा एकीकृत समाजवादीले प्रमुख, कांग्रेसले उपप्रमुखसहित बहुमत ५ सदस्य र माओवादी केन्द्रले ३ सदस्य पाउने सहमति बनेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।