जिल्ला समन्वय समिति, काभ्रेका नव निर्वाचित प्रमुख दिपक कुमार गौतमले पाँच वर्षमा परिवर्तन सम्भव भएको बताएका छन् । बुधबार निर्वाचित भएपछि पदभार ग्रहण गर्दै प्रमुख गौतमले उक्त कुरा बताएका हुन् ।
आफूलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने गठबन्धनका नेताहरु, चौंरीदेउराली गाउँपालिका वडा नं. ४ का आम जनता र आफ्नो परिवारलाई उनले धन्यवाद समेत दिए ।
‘काभ्रेली जनतालाई निराश बनाउने छैन । उहाँहरुले दिनुभएको मतको म अपमान हुन दिने छैन ।’ पदभार ग्रहण गर्दै गौतमले भने, ‘परिवर्तन सम्भव छ यो पाँच वर्षमा ।’ साथै उनले पत्रकारहरु बोलाएर आफ्नो कार्यक्रमहरु सार्वजनिक गर्ने समेत बताए ।
आजै उपप्रमुख रिमबहादुर तामाङले पनि पदभार ग्रहण गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















