जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख दिपक गौतमले चौंरीदेउराली गाउँपालिकाका विद्यार्थाीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच उर्मती एशोसियसन फ्रन्सको सहयोगमा वडा नम्बर ७ मा रहेको सिर्जनशील जनता माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

सो विद्यालयमा अनुसार २ सय १८ जनालाई आधा आधा दर्जन कापी वितरण गरिएको उर्मती एशोसियसनका नेपालको कार्यक्रम संयोजक पासाङ डोल्मा लामाले बताए । चार देखि १२ कक्षासम्मका विद्यार्थीलाई ठूलो साईजको कापी र कक्षा चारदेखि मुनिका विद्यार्थीलाई मिडियम साईजको कापी, कलम र पेन्सील वितरण गरिएको उनले जानकारी दिए ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका जिसस प्रमुख गौतमले शिक्षामा राजनीति नगर्न आग्रह गर्दै दलको आधारमा विद्यालयलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

चौरीदेउराली गाउँपालिकाका निर्वतमान उपप्रमुख तारा कुमारी चौलागाईंले ग्रामीण भेगका विद्यालयहरूलाई सामाजिक संघ संस्थाले सहयोग गर्नु पर्ने बताउदै सबैको साथ र सहयोगले मात्रै शिक्षा क्षेत्रको सुधार गर्न सकिने बताए ।

उर्मती एशोसियसनका नेपालको कार्यक्रम संयोजक लामाले बालबालिकाको प्रोत्साहनका लागि शैक्षिक सामग्री वितरण गरिएको बताए । ‘यो झट्ट हेर्दा सानो सहयोग जस्तो लाग्छ । तर यसले बालबालिकालाई हौसला मिल्नेछ । हौसला प्रदान गर्ने उद्देश्यका साथ शैक्षिक सामग्री प्रदान गरिएको हो ।’

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झम्क बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजिव लामा, समाजसेवी डुप्चन लामा लगायतले मन्तव्य राखेका थिए ।

सो संस्थाले यस अघि पनि काभ्रेको विभिन्न विद्यालयमा विभिन्न प्रकारको सहयोगक कार्यक्रमहरु गर्दै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।