काभ्रे जिल्लाको मुख्य बजार बनेपामा चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार नेपाल नागरिक अभियानले विरोध प्रदर्शन गरेको हो ।
प्रदेर्शनमा चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न, एसपिपी कुनै हालतमा पास नगराउन पनि खबरदारी गरेको छ । बनेपाको गोदामचोकबाट र्याली शुरु भई बसपार्क हुँदै चारदोबाटोमा कोणसभाको आयोजना गरेको थियो ।
विरोध प्रदर्शनीमा पूर्व सुरक्षाकर्मी परिषदका अध्यक्ष दिपक तिमल्सिनाले उत्पादनमुखी कार्यमा जोड दिनु पर्नेमा सरकार हदैसम्म लापरवाही बन्दै गएकोमा दुःख व्यक्त गरे । जनतामारा मुल्य वृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । नेपाल नागरिक अभियान केन्द्रिय युवा संयोजक श्रीकृष्ण श्रेष्ठले दिनदिनै मुल्य वृद्धिले गरिखाने वर्ग मारमा पर्दा सरकारले कुनै चासो नलिई जनतामारा गतिविधि गरेकोमा खेद व्यक्त गरे ।
कोणसभा नेपाल नगरिक अभियान काभ्रेका संयोजक किरण मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















