काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आइतबारदेखि बर्खेविदा दिने निर्णय भएको छ । असार १९ गतेदेखि बर्खे विदा लागु गर्न प्रमुख प्रशासकीय अधिकृत केदार ढकालले एक सूचना जारी गर्दै निर्देशन दिएका हुन् ।
तेमाल गाउँपालिकाभित्र संचालित सम्पूर्ण विद्यालयहरुको शैक्षिक कार्यक्रममा एकरुपता गर्ने भन्ने गत असार २ गतेको प्र.अ. बैठकको निर्णय भएको र उक्त बैठकबाट गठित शैक्षिक क्यालेन्डर निर्माण समितिले असार १९ देखी श्रावण ११ सम्म बर्खे विदा दिने निर्णय गरेको हुनाले गाउँपालिकाले यस्तो निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















