काभ्रे जिल्लाको एक अस्पतालको कर्मचारी बोक्ने बस दुर्घट्ना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार बनेपा ११ अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस आज दुर्घटना भएको हो ।

अस्पताल नजिकै भएको दुर्घट्नामा एक जनाको मृत्यु भएको छ भने ४० भन्दा बढि घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बा १ क ५७४७ नम्बरको बस दुर्घटना भएको थियो ।

घट्नाबारे विस्तृत जानकारी आउन भने बाँकी छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।