जिल्ला समन्वय समिती, काभ्रेको ७५ औ बोर्ड बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले जिल्ला समन्वय समिति सदस्यहरुको कार्यविभाजन गरेको छ ।

बैठकले जिल्ला समन्वय समितिको प्रबक्तामा अप्सरा ढुङ्गाना सिपखान चयन गरेको छ ।

जिल्लास्थित स्थानिय तहसँग नियमित सम्पर्क र समन्वय गर्न जिल्ला समन्वय समितिका सदस्यहरुलाई विभिन्न पालिकाहरुको सम्पर्क ब्यक्तिको रुपमा कार्य गर्ने गरि जिम्मेवारी तोकिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिएका छन् ।

प्रमुख गौतमका अनुसार पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा मंगल बहादुर तामाङ, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा कृष्ण कुमारी राई, मन्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकामा नीर बहादुर लामा, पनौती नगरपालिका र महाभारत गाउँपालिकामा अप्सरा ढुङ्गाना सिपखान, चौरिदेउराली गाउँपालिका र भुम्लु गाउँपालिकामा कमलराज गिरि, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा चन्डिका मिजार, तेमाल गाउँपालिका र रोशी गाउँपालिकामा रस्मिता भन्डारीलाई सम्पर्क ब्यक्तिको जिम्मेवारी तोकिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।